अनैतिक क्रियाकलापमा संलग्न २८ जना पक्राउ

284

काठमाडौं- गोंगबुस्थित विभिन्न खाजा घर तथा रेष्टुरेण्टहरुबाट अनैतिक क्रियाकलाप संलग्न १५ पुरुष र १३ महिला गरी २८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

साथै अनैतिक क्रियाकलाप संलग्नलाई नियन्त्रणमा लिने क्रममा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गोंगबुस्थित पुजा रेष्टुरेण्टका संचालक झापा शिबसतासी गाउँपालिका-८ घर भएका सौगात क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले प्रहरीलाई नगद १८ हजार रुपैयाँ दिने खोजे पश्चात प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here