नर्भिक इन्टरनेशनल हस्पिटलको २६औं वार्षिकोत्सव सम्पन्न

209

काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटलले एक विशेष कार्यक्रमकावीच आफ्नो २६औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।

२६औं वार्षिकोत्सवका औपचारिक समारोह पूर्व नर्भिकका अध्यक्ष, कवि/गितकार वसन्त चौधरीले नर्भिक मानव स्थापित रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को समुद्घाटन गरेका थिए । उक्त केन्द्रको व्यवस्थापन पश्चात् आफ्ना विरामीहरु लगायत अन्य सर्वसाधारणलाई आवश्यकता पर्ने रगतको भण्डारण आफैंसँग हुने, क्रस म्याच लगायतका सेवाहरु छिटो, छरितो र विश्वसनीय हुने तथा आकस्मिक समयमा विरामीको बहुमूल्य समय बचाउँदै ज्यान बचाउन समेत मद्दत पुग्ने भएको छ ।

नेपाली चिकित्सा फाँटका विविध विधामा अग्रणी हुने श्रेय पाएको नर्भिकले आफूलाई अझै परिस्कृत पार्ने र स्वास्थ्य सेवामा विविधिकरण एवम् विशिष्टिकरण गर्दै दक्षिण–पूर्वी एशियाकै एक उत्कृष्ट, उदाहरणीय एवम् नमूनायोग्य हस्पिटलमा परिणत हुने कार्यको थालनी यसै वर्ष हुनेभएको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आगामी तीन बर्षभित्र थप अन्दाजी रु. २०० करोडको लगानीमाअत्याधुनिक २५० शैयायुक्त बन्ने बहुआयामिक एवम् बहु बैशिष्ट्य नर्भिकको भौतिक/प्राविधिक पूर्वाधार विकासबारे हस्पिटलका अध्यक्ष बसन्त चौधरीले उजागर गरेका हुन् ।

करिब ५० जनाकर्मचारीहरुद्वारा सुरुवात गरिएको २५ शैयायुक्तनर्सिङ्ग होम हालकरिब ९०० चिकित्सकीय, गैर चिकित्सकीय सदस्यहरुको कर्मथलो बनेको र १५० शैयायुक्त रहेको जनाउँदै आगामी सन् २०२२ भित्रै यसलाई २५० शैयायुक्त अति विशिष्ट हस्पिटलका रुपमा विकास गरिने उनले जनाए ।

हस्पिटलका भौतिक र प्राविधिक पूर्वाधारहरु जतिसुकै बढेतापनि नर्भिकले सदैव विरामीको सर्वोपरी हितलाई ध्यान दिने प्रतिबद्धता दोहो¥याउँदै नर्भिक हिजो विरामी सेवामा समर्पित थियो, आजपनि समर्पित छ र भोलि पनि सोहीअनुरुप समर्पित रहने दृढता उनले राखे ।

हस्पिटलको प्रबन्ध निर्देशक मेघा चौधरीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा हस्पिटलका लब्ध प्रतिष्ठित चिकित्सकहरुमध्ये अमेरिकन बोर्ड सर्टिफाइड स्नायु चिकित्सक तथा स्नायुरोग विभागीय प्रमुख डा. पङ्कजजलानले नयाँ उचाईमा पुग्दै गर्दा नयाँ चुनौति पनिआइपर्ने र त्यस्ता सबै चुनौतिहरुको सामना गर्न नर्भिक सक्षम रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here