पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक : नेत्री कोइराला

129

पोखरा / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न नसकेको जनाउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेतृ कोइरालाले काङ्ग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति/व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने जनाउनुभयो ।

एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु हुँदैन, उहाँले भन्नुभयो, “पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।” देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here