एजेन्सी / स्वस्थ रहनका निम्ति आफ्नो पिसाब पिउनुपर्छ र त्यो पनि नाकले पिउनुपर्छ भनेर यदि कसैले भन्छ भने तपाईं त्यसलाई अवश्य पनि पागल भन्नुहुन्छ । तर यो दुनियाँमा यस्ता पागलहरुको कमी छैन । एकजना यस्ता मानिस छन् जसले दिनहुँ आफ्नो पिसाब आफ्नो नाकबाट पिउने गरेका छन् । यसरी पिसाब पिउनाले आफू स्वस्थ तथा तन्दुरुस्त भएको उनको दाबी छ ।
बेलायती नागरिक साम कोहेन नामका यी व्यक्तिले पछिल्लो १९ वर्षदेखि आफ्नो पिसाब नाकले पिइरहेका छन् । पिसाब पिउनाले आफूलाई कुनै रोगले आक्रमण गर्न नसकेको उनको जिकिर छ । पिसाबले आफूलाई रुघाखोकी लाग्न नदिएको मात्र होइन, आफ्नो सेक्स पावरमा पनि सुधार भएको उनको भनाइ रहेको छ ।
साम पेसाले योग शिक्षक हुन् । नाकले मुत्रपान गर्नका लागि उनले आफूसँग सधैं एउटा कप राखेका हुन्छन् । उनले २२ वर्षको उमेरदेखि यसरी आफ्नै पिसाब पिउन थालेको रहेछ । पिसाब पिउनाले आफू जवान हुँदै गएको र अहिले दिनहुँ पिसाब नाकले पिउन थालेको रहेको छ । हरेक दिनमा कम्तीमा पनि १५ः २० पटक यसरी पिसाब पिउने गरेको खुलाशा गरेको छ । यहाँसम्म कि हवाई यात्राका बेला पनि उनले आफ्नो मुत्रपान गर्न छाडेनन् ।


















