नागरिकको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ : बसन्त मानन्धर

461

काठमाडौं / प्रदेश नं. ३ का सांसद बसन्त मानन्धरले स्थानीय स्तरमा विकास निर्माणको लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।काठमाडौं स्थित जन चिकित्सालयको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मानन्धरले नेतालाई मात्र गाली गरेर समस्या समाधान नहुने पनि बताएका छन् । ‘हामी नेताहरूलाई मात्र गाली गरिरहेका छौं, तर विकास निर्माणको क्षेत्रमा कर्मचारीतन्त्रले आम नागरिकलाई स–साना काममा पनि अल्झाएको धारणा राख्नु भयो ।’ नागरिकको जीवनस्तरमा सुधार ल्याउन सबैले आ–आफ्नो क्षेत्रमा सचेत भएर काम गर्न उहाँले आव्हान गर्नु भयो ।

उनले थपे ‘विगत चार दसक यतादेखि सहुलियत दरमा स्वास्थ्य सेवा दिइरहेको जन चिकित्सालयले मातातीर्थस्थित वृद्धाश्रममा स्वास्थ्य परीक्षण गरिने भएको छ । ‘पूर्ण–मिठ्ठा पलेस्वाँ अक्षकोष’ को सहयोगमा वृद्धाश्रमस्थित जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन लागेको जन चिकित्सालयकी अध्यक्ष विमला मानन्धरले जानकारी दिइन् ।

कार्यक्रममा बालाजुस्थित स्व. अमीरबहादुर राजभण्डारी तथा रिता राजभण्डारीको नामबाट नगद पचास हजार रुपियाँको स्वास्थ्य सेवा अक्षयकोष घोषणा गरिएको छ । सोही कार्यक्रममा काठमाडौं महानगर २५ वडाका सदस्य डार्विन श्रेष्ठले एक महिनाको तलब जन चिकित्साललाई चन्दा स्वरुप दिने प्रतिबद्धता जनाएका छन् । यसका साथैं कार्यक्रमको लागि संस्थापक सचिव दिनेशप्रसाद श्रेष्ठले नगद दस हजार सहयोग गरेका छन् ।

फरक क्षेत्रका विज्ञ तथा समाजसेवी सहभागी भएको कार्यक्रममा जन चिकित्सालयका शुभचिन्तकहरुलाई सम्मानित गर्दै ‘स्वास्थ्य कोसेली’ नामक स्मारिका पनि विमोचन गरिएको थियो । काठमाडौं महानगरपालिका वडा नं. २५ स्थित जन चिकित्सालयको भौतिक पूर्वाधारका लागि ८० लाख रुपियाँको बजेट विनियोजन भएको छ । भवन निर्माणको लागि महानगरपालिकाले टेन्डर आह्वान गर्ने खुलाशा गर्नु भयो ।   केके मानन्धर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here