रानीबारीमा दिउँसै लुटपाट ! घरका सबैलाई हातखुट्टा बाँधेर मुखमा टेप टाँसीदिएर लुट्ने गिरोह पक्राउ

183

काठमाडौं /  काठमाडौं रानीबारीमा दिउँसै लुटपाट गर्ने गिरोहका तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-८ मातातीर्थका ३८ वर्षीय नवराज तामाङ, चन्द्रागिरी-८ मातातीर्थकै ३६ वर्षीय विक्रम श्रेष्ठ र नुवाकोटको बेलकोटगढी नगरपालिका-४ कथुरानी घर भई नैकाप बस्दै आएका २८ वर्षीय दिपेश भनिने सन्तबहादुर तामाङ छन्।

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। यो समूहमा रहेका अन्य तीन जना लुटेरा भने अझसम्म फरार रहेको प्रहरीले जनाएको छ।

उनीहरुले गत चैत २६ गते दिउँसो साढे ११ बजे रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गरेका थिए। सो घरमा सुनका गरगहना भएको थाहा पाएपछि योजना नै बनाएर लुटपाट गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जनाएको छ।

घरधनी लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र घरमा काम गर्ने मिठु थकालीलाई नियन्त्रणमा लिएर उनीहरुले लुटपाट मच्चाएका थिए। ६ जनाको समूहमा रहेका ती लुटेराले सो घरका तीनै जनालाई हातखुट्टा बाँधेर लुटेको एसएसपी सिंहको भनाइ छ। जुटको डोरीले हातखुट्टा बाँधेर मुखमा समेत टेप लगाएर खुकुरी तेर्साउदै उनीहरुले लुटेका थिए।

‘केही व्यक्तिले हातखुट्टा बाँध्ने, केहीले खुकुरी तेर्स्याएर धम्काउने र केही व्यक्तिले दराज फोडेर गरगहना र नगद लुटपाट गरेको देखियो,’ एसएसपी सिंहले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here