एक चिकित्सकका ४९ जना सन्तान

147

एजेन्सी / नेदरल्याण्डका १ जना डाक्टरका बारेमा अत्यन्तै चाख लाग्दो घटना सार्वजनिक भएको छ । ती डाक्टर महिलाहरुसँग यौन सम्पर्क नगरिकनै ४९ जना बच्चाको पिता बनेको बन्न सफल भएको छ । निःसन्तान दम्पत्तिहरुको लागि टेष्टट्युब प्रविधिबाट गर्भाधारण गराएर सन्तानलाभ गराउने क्लिनिक सञ्चालन गर्ने ती डाक्टरले शुक्रकिट बैंकबाट लिइएका शुक्रकिटसँग आफ्ना शुक्रकिट साटफेर गरी गर्भाधारण गराउने गरेको खुलासा भएको हो ।

गत शुक्रबार डीएनए परीक्षण पश्चात उनको यस्तो कर्तुत पर्दाफास भएको थियो । अदालती आदेशपछि निजमेगन सहरस्थ्ति एक सामाजिक संगठनले बच्चाको डीएनए परीक्षण गराएको थियो । उक्त संस्थाले क्लिनिकमा पैदा भएका बच्चा तथा उनीहरुका अभिभावकहरुको प्रतिनिधित्व गर्ने गर्दछ । यद्यपि, त्यस्तो कर्तूत गर्ने डाक्टर जोन कोर्बाटको सन् २०१७ मै मृत्यु भइसकेको रहेछ । मृत्युअघि नै उनले आफू ६० बच्चाको पिता बनिसकेको स्वीकारेका थिए । अनियमितता र अन्य विभिन्न खाले गैरकानूनी काम गरेको अभियोगपछि उनको क्लिनिक सन् २००९ मै बन्द गराइएको थियो ।

गत फेब्रुअरीमा अदालतले अभिभावकहरुलाई बच्चाको डीएनए परीक्षण गरी डाक्टर कोर्बाटको डीएनएसँग तुलना गर्ने अनुमति दिएको थियो । आफ्नो मृत्युअघि डाक्टर कोर्बाटले एक विवादित बयान दिँदै आफू ६० बच्चाको बावु बनिसकेको घोषणा गरेका थिए । साथै उनले आफूले कैयन् दाताहरुको शुक्रकिटमा आफ्नो शुक्रकिट मिसावट गरेको पनि खुलासा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here