बेझाड- रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान ग २ च ३०९४ नं को बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको हो ।
मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । ठक्कर दिने चालक र गाडी प्रहरी नियन्त्रणमा छ ।


















