चितवन मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प

235

काठमाडौं । चितवन मेडिकल कलेजमा विद्यार्थीले ठगीविरुद्ध सुरु भएको आन्दोलनका कारण पठनपाठन १२ दिनदेखि ठप्प छ । सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग १२ लाख बढी रकम असुली गरेको पाइएपछि विद्यार्थीहरुले आन्दोलन थालेका हुन् । अस्पतालका दैनिक सेवा भने सञ्चालनमा छन् ।

शिक्षा मन्त्रालयले गत चैत ८ गते मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयमार्फत डिन कार्यालयलाई निर्देशन दिएको थियो । चितवन मेडिकल कलेजले भने बढी शुल्क असुल्न नछाडेको विद्यार्थीको गुनासो आजको कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here