भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प

93

एजेन्सी / भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।

स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो । भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here