काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि बुधबार चीन जाँदैछिन्।
चीनको बेइजिङमा आयोजना हुने दोस्रो अन्तराष्ट्रिय विकाससम्बन्धी बेल्ट एण्ड रोड फोरममा सहभागी हुनुका साथै फोरमलाई सम्बोधन गर्न राष्ट्रपति भण्डारी बुधबार विहान ११ बजे चीन जानलकगेकी हुन्।
नौ दिने चीन भ्रमणमा रहँदा राष्ट्रपतिले चिनियाँ समकक्षी सिजिङपिङसँग भेटवार्ता गर्नेछिन्। त्यस्तै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय बागबानी मेलाको उद्घाटनमा पनि सहभाथी हुने र त्यहाँ रहेको नेपाली पेभिलियनको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।


















