बुटवल- नेकपा रुपन्देहीका जिल्ला सचिव दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पार्टी एकता प्रकृयामा असन्तुष्ट न्यौपानेले मंगलबार राजीनामा दिएका हुन् ।
नेकपा पार्टी एकता अन्तर्गत सोमबार घोषणा भएका जिल्ला कमिटीको नेतृत्वमा प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य न्यौपाने रुपन्देही जिल्ला सचिवमा मनोनित भएका थिए ।
न्यौपाने पूर्व माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए ।


















