इंग्लिस प्रिमियर लिगमा आर्सनलको हार

175

एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल वुल्भससँग पराजित भएको छ । बुधबार राति भएको खेलमा आर्सनल ३-१ ले पराजित भएको हो । यो हारसँगै चौथो स्थानमा पुग्ने महत्वपूर्ण मौका आर्सनलले गुमाएको छ । आर्सनलले तीनवटै गोल पहिलो हाफमा खायो । दोस्रो हाफको अन्तिम समयतिर आर्सनलले एक गोल फर्कायो । वुल्भसले २८ औं मिनेटमै अग्रता लिएको थियो । रुवेन नेवेसले फ्रिकिकलाई गोलमा परिणत गर्दै वुल्भसलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ३७ औं मिनेटमा म्याट डोहेर्टी र पहिलो हाफको इन्जुरी समयमा डिओगो जोटाले अरु एक एक गोल थपे ।

आर्सनलका लागि सोक्राटिसले ८० औं मिनेटमा एक गोल फर्काए । आर्सनलले गोल गर्ने महत्वपूर्ण अवसरहरु खेर फालेको थियो । यस जितसँगै वुल्भस ३५ खेलबाट ५१ अंक बटुल्दै सातौं स्थानमा पुगेको छ । ३५ खेल खेलेको आर्सनल ६६ अंकसहित पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको चेल्सीको ६७ र छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको ६४ अंक छ । म्यानचेष्टर सिटी ८९ अंकसहित पहिलो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here