विमान मर्मतको क्रममा आगलागी

103

एजेन्सी / दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको छ ।

उक्त दुर्घटना दिल्ली एयरपोर्टमा भएको हो । कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएको जनाएको छ ।आगोलाई तत्काल नियन्त्रण गरेको भारतीय मिडियाले बताएको छ । भारतीय समाचार एजेन्सी एएनआइले ४२ सेकेन्डको भिडियो सेयर गरेको छ जसमा आगो निभाइरहेको देख्न सकिन्छ । एयर इन्डियाले यसलाई सामान्य दुर्घटना बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here