सेनालाई ८५ करोड दिने सरकारको निर्णय

112

काठमाडौं- सरकारले बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

यसअघि सरकारले बारा र पर्सामा हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सरकारले दिएको रकम र घरधुरी संख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८ सय ४७ रुपैयाँ पाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here