काठमाडौं / एकतापछि वरियातामा आफूलाई अन्याय गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टी व्यक्त गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा कुरा गर्दै खनालले वरियतामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालपछि आफ्नो स्थान हुनुपर्ने दावी गरेका हुन् ।
पार्टीभित्रको इतिहासअनुसार ओलीभन्दा पनि आफू सिनियर भएकोसमेत खनालको दावी थियो ।
सोमबार सम्पन्न जिल्ला तहको एकता घोषणाप्रति पार्टीभित्रै धेरै असन्तुष्टी नरहेको पनि खनालले जनाएका छन् । कार्यक्रमको बिचमै उठेर हिँडेका अर्का नेता माधवकुमार नेपाल पनि सन्तुष्ट नै रहेको खनालले जनाए ।
बाहिर चर्चा भएजस्तो नेपालको असन्तुष्टी नरहेको खनालको जिकिरि थियो ।

















