काठमाडौं / एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुरमा १ गरि ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित राधेराधे शाखा कार्यालयको सोहि वडाका वडा अध्यक्ष अमृत मान श्रेष्ठबाट, चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोट शाखाको सोहि वडाका वडा अध्यक्ष शिव हरि के.सीबाट उद्घाटन गरेको छ । साथै, पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.४ पर्सा स्थित शाखाको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँबाट उद्घाटन गरेको छ ।


















