मोरङ- मोरङको सुन्दरहरैंचा नगरपालिका-११ मा बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा वृद्धवृद्धा घाइते भएका छन् । ६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुछपिट गरेका हुन् ।
वृद्धा बेहोस भएर घटनास्थमै ढलेको प्रहरीले जनाएको छ । घाईते दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो । त्यसपछि वृद्धालाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार गरिएको छ । घरमा दुई जना मात्र बस्दै आएका उनलाई संरक्षण दिने कोकन नेपालको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

















