आइपीएल : राजस्थानको हैदरावादमाथि सहज जित

79

काठमाडौं – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको छ। शनिबार भएको खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।

१६१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभर सकिन पाँच बल बाँकी छँदा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८, लियाम लैभिङस्टोनले ४४ रन बनाउँदा अजिंक्या रहानेले ३९ र कप्तान स्टेभन स्मिथले २२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डेले उत्कृष्ट ब्याटिङ गरे । उनले ३६ बलमा ६१ रन बनाएका थिए । त्यस्तै, डेभिड वार्नरले ३७ रन बनाउँदा राशिद खानभने १७ रनमा अविजित रहे ।

जितसँगै राजस्थानको १० अंक भएको छ । १२ खेल खेलेको राजस्थानले ५ खेलमा जित हात पार्दा सात खेलमा हार ब्यहोरको छ । प्रतियोगिता अन्तर्गत आइतबार दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here