खुल्लामञ्चका सटर हटाउने प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य

248

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।
बैशाख भित्रमा टुँडिखेलको अतिक्रमित जग्गा खालि नभएको भए आफूहरुले जेठ १५ गतेदेखि सशक्त आन्दोलन गर्ने योजना बुनिसकेको पनि प्रधानले स्मरण गराए । यद्धपी प्रधानमन्त्री ओलीले तत्कालै निर्देशन दिएर खुल्लामञ्चका सटर भत्काउन लगाएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई पूनः धन्यवाद दिए ।
त्यस्तै, उनले ईतिहाँसमै मिडियाले छ्याप्छ्याप्ती गरेर समाचार छापेको पनि यही टुँडिखेलको जग्गा प्रकरण भएको जिकिर गरे । उनले भने,‘सार्वजनिक सम्पत्ति जोगाउन सबै लाग्नुपर्छ । भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’ कुनै दल विशेषको नभई जनताको प्रतिनिधि भएर यस्तो गलत कार्यको विरोध गर्नुपर्ने उनको भनाई थियो । ‘भ्यु–टावर’बाट सुरु भएको माफियाकरण खुल्लामञ्चसम्म पुगेको नेता प्रधानको आरोप छ ।
फरक प्रसँगमा उनले नेपालको ईतिहाँसमै अहिलेसम्मको बलियो सरकार भएपनि वर्तमान सरकारले काम गर्ने अवसर गुमाएको आरोप लगाए । उनले भने,‘यो सरकार अहिले काण्डै काण्डमा मुछिएको छ ।’
कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद विराजभक्त श्रेष्ठले खुल्लामञ्चका सटर हटाउन सफल भएको भन्दै सबैमा धन्यवाद दिए । उनले भने,‘सार्वजनिक सम्पत्ति लुटिनु भनेको हामी ३ करोड नेपाली जनता लुटिनु हो । खुल्लामञ्चका सटर हटाउन नै हाम्रो जीत होईन् । यो त सानो उपलब्धिमात्रै हो ।’
उक्त प्रकरणमा ठगिएकाहरुले विधिवत रुपमा उजुरी जाहेर गरे आफूहरुले उनीहरुलाई न्याय दिलाउने उनको विश्वास थियो ।
कार्यक्रममा सेभ भ्याली नेपालका अध्यक्ष राजाराम तण्डुकार, खुल्लामञ्च बचाउ अभियानका संयोजक सुसन बैद्य, काठमाडौं–२८ नम्बर वडाका वडाअध्यक्ष भाईराम खड्गी र सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले खुल्लामञ्चका सटर हटाउनको लागि मिडियाको ठूलो भूमिका रहेको भन्दै धन्यवाद दिए । उनीहरुले मिडियाले माफियाहरुकोविरुद्ध आवाज निकालेको धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here