वित्तीय संकटमा गुजरिरहेको जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

106

काठमाडौं –चरम वित्तीय संकटमा गुजरिरहेको जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्या गरेका हुन् ।

पेटको क्यान्सरबाट पीडित शैलेषले गत मार्च महिनादेखि तलब पाएका थिएनन् । जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब पाएका छैनन् । रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि शैलेष सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

जेट एयरवेजका धेरै कर्मचारीले वित्तीय संकट सुरु भएपछि तनाव भइरहेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here