आज दुईपक्षीय भेटवार्ता गर्दै राष्ट्रपति भण्डारी र सी चिनफिङ

412

 काठमाडौं /  चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह आफ्ना समकक्षी सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्दैछिन्। अबको केही बेरमा चिनियाँ राष्ट्रपतिसँग उनको दुईपक्षीय भेटवार्ता हुने भएको हो।

बेइजिङको केन्द्रस्थित ग्रेट हल अफ द पिपुल्समा हुने राजकीय सम्मान तथा शिष्टाचार भेटवार्ताका क्रममा केही सम्झौतामा हस्ताक्षर हुनेछ। साथै साँझ केन्द्रिय अनुशासन आयोगका अध्यक्ष चाउ लचीसँग पनि भेटवार्ता र रात्रीभोजको कार्यक्रम छ।

त्यसअघि राष्ट्रपति भण्डारीले माओको समाधिस्थलमा पुगेर पुष्प गुच्छा अर्पण गरेकी थिइन् ।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपतिद्वयको भेटवार्ताका क्रममा विभिन्न हस्ताक्षरसहितका गतिविधिहरू हुनेछन्। त्यहाँ पारवहन तथा यातायात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताइसकेका छन । त्यसबाहेक सूचना आदनप्रदान, सम्पादाको चोरी निकासी नियन्त्रणमा सहकार्य, नापतौत तथा गुणस्तार, भन्सार व्यवस्थालगायतका विषय छलफल हुने भएको जनाइएको छ ।

चीनको सहयोगमा निर्मित परियोजनाको पुनःमर्मत तथा सुदृढीकरणका लागि अनुदान सहायता सम्बन्धी प्रमाणपत्र आदानप्रदान गरिनेछ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ तर्फबाट ट्रान्सपोर्ट मन्त्री चोङ शानले आदानप्रदान गर्नेछन्।

आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता हुनेछ। नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सचिव लालशंकर घिमिरे र चिनियाँ तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सीका अध्यक्ष वाङ स्याउथाओले हस्ताक्षर गर्नेछन्।

नेपालको उत्तरी क्षेत्रमा जनजीविकाका क्षेत्रमा सुदृढ सहायता सबल बनाउनेबारेको एउटा बैठक हुनेछ। नेपालका वाणिज्य सचिव लालशंकर घिमिरे र चीन अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सीका अध्यक्ष वाङ स्याउथाओबीच यो बैठक गरिनेछ।

जनगणतन्त्र चीनको भन्सार प्रशासन र नेपालको वाणिज्य मन्त्रालय अन्तर्गत भन्सार विभागबीच सहकार्य तथा मैत्रीपूर्ण प्रशासनिक सहायताका विषयमा सम्झौता हुनेछ। नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सचिव लालशंकर घिमिरे र चिनियाँका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले हस्ताक्षर गर्ने दूतावास स्रोतको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here