काठमाडौं – नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ।
प्रवक्ताको जिम्मेवारीमा हुँदा लामाले बोलेको कुरा सुरक्षाका दृष्टिकोणले संवेदनशिल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लामामाथि शशर्त निलम्बनको निर्णय गरेको थियो।
नेपाल एयरलाइन्सको दुबई उडान रद्द भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।
प्राधिकरणको निर्णयअनुसार नेपाल एयरलाइन्सले लामालाई प्रबक्ताको जिम्मेवारीबाट हटाएको थियो। प्राधिकरणले भनेअनुसारको काम भएपछि अब लामालाई जहाज उडाउन कुनै रोकटाेक नभएको एक उच्च अधिकारीले जानकारी दिए।


















