किशोरी ‘वलात्कारी’ प्रहरीको फन्दामा

153

धनुषा– किशोरी बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार १४ वर्षीया किशोरीलाई आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरिएको हो ।

घरमा कोही नभएको मौका छोपी साहले घरमा प्रवेश गरी किशोरीलाई बलात्कार गरेको जनाइएको छ । किशोरीलाई उपचार तथा स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here