त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट ३ सय भित्र

554

काठमाडौं – त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको २५१ देखि ३ सय भित्र परेको छ। बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेसनले गरेको र्‍याङकिङमा त्रिभुवन विश्वविद्यालय २५१ देखि ३ सय औँ स्थानमा परेको हो।

एसिया क्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब तीन हजार भन्दा बढी विश्वविद्यालय छनोट गर्दा त्रिवि उत्कृष्ट ३ सय भन्दा कम स्थानमा पुग्न सफल भएको छ। सो संस्थाले विश्वविद्यालय छनौट गर्न विभिन्न क्षेत्र तय गरेको थियो।

र्‍याङकिङमा सहभागि हुन विश्वविद्यालयले सोही अनुसार विवरण पेश गरेको थियो। सो संस्थाले गत वर्ष सन् २०१९का लागि विश्वभरका विश्वविद्यालयकालागि सार्वजनिक गरेको र्‍याकिङमा त्रिवि १ हजार भन्दामुनि परेको थियो।

गत वर्ष गरेको निर्णय अनुसार त्रिवि ८०१ देखि एक हजारभित्र परेको जनाएको थियो। यो वर्ष एसियाली मुलुकका विश्वविद्यालय छनौट गरी निर्णय सार्वजनिक गर्न लागेको हो।

टाइम्स हायर एजुकेशनले मंगलबार त्रिविलाई इमेल पठाएर सन् २०१९को लागि सो विश्वविद्यालय ३ सय भन्दा मुनी परेको उल्लेख गरेको थियो। संस्थाले एसियाको विश्वविद्यालयको अवस्थाबारे आज बुधबार नतिजा सार्वजनिक गर्दैछ। नेपाल समाचारपत्र दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here