काठमाडौं – च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई ३-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले २ र लुइस स्वारेजले १ गोल गरे ।
२६ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता लिएका थिए । स्वारेजकै गोलमा बार्सिलोनाले पहिलो हाफमा १-० गोलको अग्रता बनाएको थियो । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्दै जित हात पारेको हो ।
बार्सिलोनाका लागि खेलको ७५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै २-० गोलको अग्रता लिए । ८२ औं मिनेटमा मेस्सीले अर्को सुन्दर गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।


















