नौ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

108

काठमाडौं । अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् । अख्तियारले ९ जना कर्मचारी, विभिन्न ९ उद्योग र तिनका ९ सञ्चालकविरुद्ध एक अर्ब २६ करोड १९ लाख रुपैंया बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार, खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, माईनिङ इञ्जिनियर जयराम घिमिरे, कानून उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्र कुमार पोखरेल, इञ्जिनियरहरु प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी, भूगर्भविद डा. सौनक भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले सर्वोत्तम सिमेन्ट, सिद्धार्थ मिनरल्स प्रालि, मारुती सिमेन्ट लिमिटेड, अन्नपूर्ण क्वायरिज, उदयपुर मिनरल्स, युनाईटेड सिमेन्ट, सोनापुर मिनरल्स, कञ्चभन क्वेरिज र डोलोमाइट चुनढुंगा उद्योगविरुद्धसमेत मुद्दा दायर गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here