मुलुकको कार्यपालीका न्यापालीका र व्यवस्थापिकाको अवस्था दयनीय : राप्रपा अध्यक्ष लिङ्देन

104

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा सरकार छ भन्ने अनुभूत हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको कार्यपालीका न्यापालीका र व्यवस्थापिकाको अवस्था दयनीय रहेको भन्दै मुलुकमा सरकार रहेको अनुभूत हुन नसकेको बताएका हुन् ।

उनले निर्वाचन सार्नका लागि सरकारले संसदलाई छलेर अध्यादेश ल्याउन लागेको दाबी गरे । देश पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उनले बताए ।

उनले मुलुकलाई सही दिशा दिन युवाहरु राजनीतिमा आउनुपर्ने धारणा राखे । उनले राजनीतिक दलहरु सुध्रने र मुलुक वनाउने कुनै आशा नै नभएको टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here