वैशाख २३ गते फोरम-नयाँ शक्तिको एकता

196

काठमाडौं / उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता गर्ने तयारी अन्तिम चरणमा पुगेको नेताहरुले जनाएका छन् । एकता प्रक्रियालाई अन्तिम रुप दिने उद्देश्यका साथ बिहीबार यादव र भट्टराईबीच ‘वान टु वान’ वार्ता भएको छ ।

फोरम र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी भइरहेको छ । पार्टीको अध्यक्ष डा।बाबुराम भट्टराई हुनेछन् भने कार्यकारी अध्यक्ष उपेन्द्र यादव हुने सहमति भएको फोरम नेपाल पार्टीका एक नेताले सञ्चारमाध्यमलाई जनाए।

महासचिवमा उपेन्द्र यादवको तर्फबाट रामसहाय यादव रहने, बाबुराम भट्टराईको तर्फबाट गंगा श्रेष्ठ र अशोक राईको तर्फबाट राजेन्द्र श्रेष्ठ महासचिव रहने मोटामोटा सहमति भएको जनाइएको छ ।

प्रदेश १, २ र ५ मा फोरम नेपालका तर्फबाट जो अध्यक्ष छन् उनीहरु नै रहने, ३ नम्बर प्रदेशमा अशोक राईको तर्फबाट र ६ र ७ नम्बर प्रदेशमा डा।बाबुराम भट्टराईका तर्फबाट अध्यक्ष रहने मोटामोटी सहमति भएको स्रोतले जनाएको छ ।

प्रदेश १, २ र ५ मा मनोनित हुने सदस्य तथा पदाधिकारीमा नयाँ शक्तिबाट समायोजन गरिनेछ भने अन्य प्रदेशमा पनि वरिष्ठताका हिसाबले तीनवटै समूहबाट समायोजन गरिने बताइएको छ ।

पार्टी एकीकरण गर्न बनेको वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here