ओली सरकारले भूमाफीयाहरु र भारतीयहरुको ब्याज तीर्दै छ

204

-हुकुमबहादुर सिंह

ओली सरकार कम्युनिस्ट सरकार नै होइन, यो त दलाल तथा नोकरशाहाहरुको सरकार हो, यद्यपि नेपाली जनताबाट कम्युनिस्टको नाममा जनमत प्राप्त गर्न सफल भएको छ । जब ओली र प्रचण्डले वामपन्थी गठवन्धन गरेर निर्वाचनमा गए, त्यसलाई नेकपा(क्रान्तिकारी माओवादीे)ले यो वामपन्थी गठवन्धन नै होइन र यसबाट निर्वाचित सरकारले वामपन्थीको चरित्र देखाउन सक्दैन , उसको काम देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुको इशारामा नेपालका गरिब किसान, सुकुम्वासी, महिला, दलित, अल्पसंख्यक जाति जनजाति, आदिवासी आदिमाथि दमन र उत्पीडन गर्ने हो । त्यसकारण यो वामपन्थी खोलभित्र लुकेको प्रतिक्रियावदी रुप हो भनेर भनेको थियो । नेकपा(क्रान्तिकारी माओवादी)ले यसो भनिरहंदा नेपाली जनता उसको सही रुपलाई पहिचान गर्न असमर्थ भए, परिणाम ओली–प्रचण्ड बहुमतको सरकार बनाउन सफल भए । आजसम्मका हरेक घटनाक्रमहरुले के देखाएको छ भने यो सरकार विगतको नेपाली कांग्रेस सरकार भन्दा पनि राष्ट्रघाती तथा जनघाती सरकार हो, यो भूमाफीयाहरु, विचौलियाहरु, दलालहरु, भ्रष्ट ठेकेदारहरु, वैदेशिक दलालहरु, भारतीय एकाधिकार पु“जीवादीहरुका लागि काम गर्ने दलालहरु र मानवअधिकार विरोधीहरुको जमघट भएको सरकार हो भन्ने पुष्टि गरेको छ । देशभित्र यसले नेपालको जल, जमिन, र जंगल सबै भ्रष्ट भूमाफीयाहरु, विचौलियाहरुसित मिलेर चक्लावन्दी गर्दैछ र जसको नेतृत्व स्वयम् प्रधानमन्त्री केपी ओलीका मन्त्रीहरुले र पार्टीका महासचिव बिष्णु पौडेलले गरिरहेका रहेछन भन्ने प्रमाणहरु बाहिर आएका छन् । विष्णु पौडेल जसले भूमाफीयाहरु, विचौलियाहरुसित मिलेर प्रधानमन्त्री क्वाटर र प्रधान न्यायाधीश क्वार्टरको भित्र आफ्नो व्यक्तिगत जमिन उनका छोराका नाममा कायम गरेका छन् । अहिले पत्रपत्रिकाबाट यो बाहिर आएपछि उनको समर्थन र वचाउमा ओलीका मन्त्रीहरु नाङगै भएर लागेका छन् । तर उनीहरुले के बुझ्न आवश्यक छ भने जनताको विद्रोहले उनीहरुका सबै झुट र लुटमा आधारित सपनाहरुलाई चकनाचुर पार्ने छन् ।

नेकपा(क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा–देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो)ले ओली सरकार कम्युनिस्ट सरकार नभई भूमाफीयाहरु, विचौलियाहरु, दलालहरु, भ्रष्ट ठेकेदारहरु, वैदेशिक दलालहरु, भारतीय एकाधिकार पु“जीवादीहरुका लागि काम गर्ने दलालहरु र मानवअधिकार विरोधीहरुको जमघट भएको सरकार हो र यसका विरुद्ध विद्रोहको आंधीवेहरी सृजनागर्न नेपाली जनतालाई आव्हन गरेको छ । भर्खरै उसले काठमाडांैको खुलामञ्च अतिक्रमण भएको थप जानकारी आएको वारे वक्तव्य निकाल्दै देजमोका अध्यक्ष सिपि गजुरेलले भनेका थिए–‘सहीद मञ्च मुक्त गरौ’ । देजमोको उक्त बक्तब्यमा भनिएको छ–‘केपी ओली सरकारले १४ महिना पुरा भएको खुसियाली मनाइरहेको बेला सरकारमा भएका कमिसनखोरहरुसंगको मिलोमतोमा भूमाफियाहरुले सरकारकै एउटा मुख्यालय भएको बालुवाटारको जमिन कब्जा गरेको घटनाले हामीलाई स्तब्ध पारेको छ । यो घटनाको चर्चा नसेलाउदै काठमाडांै महानगरपालिकाको मिलोमतोमा स्वच्छन्द बिकोई बिल्डर्सले सहिद मञ्च (खुलामञ्च) कब्जा गरेर त्यस स्थानमा ५१ वटा सटर बनाएर भाडामा लगाउदै छ भन्ने समाचारले नेपाली जनतालाई उद्वेलित बनाएको छ । सहिद मञ्च जनताले आफ्ना अभिव्यक्ति सार्वजनिक गर्ने ठाँउ हो । यसमाथि धावा बोल्ने काम केवल जनताको सम्पत्तिमाथि अतिक्रमण मात्रै होइन,यो जनताको अधिकारमाथिको अतिक्रमण पनि हो । यो हाम्रो लागि सह्य हुन सक्दैन । त्यसैले, हामी माहानगरपालिका र ओली सरकार दुबैलाई के चेतावनी दिन चाहन्छौ भने सहिद मञ्च यहि बैशाख महिनाभित्र खाली गरियोस र जनताको जिम्मा दिइयोस । यदि त्यसो गरिएन भने जनता आफैले प्रत्यक्ष कारवाहीद्धारा मुक्त गर्न वाध्य हुने छन् । यसको निम्ति हाम्रो संगठन अग्रपक्तिमा रहेर संघर्ष गर्न तयार रहने कुरा पनि स्पष्ट पार्न चाहन्छौ ।’ नभन्दै काठमाण्डौका जनता हात–हातमा घन, छिनो, कोदालो–वेल्चा आदि लिएर त्याहा“ बनाएका घरटहराहरु भत्काउन अगाडि बढेपछि सरकारको अर्को अंग महानगरपालिका त्यसलाई भत्काउन अगाडि आएको छ । ओली सरकारको संसदभित्रको दुई तिहाइको घमण्ड काठमाण्डौका जनताले एकै छिनमा सडकबाट तोडिदिएका छन् । यो एउटा सानो उदाहरण मात्रै हो जनता विद्रोहमा कसरी उत्रन्छन् भन्ने ।

इतिहास साक्षी छ कि ओलीको एमालेको त पहिलेदखि नै कम्युनिस्ट सिद्धान्त, विचार नै थिएन किनभने उसले पहिलनै पुंजीपति वर्गलाई मान्य हुने वा मान्य देखिने कुरो भनेको माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओका फोटाहरुलाई उनीहरुले देख्न नपर्ने ठाउंमा मिल्काउने हो, जुन काम एमालेले उसको पार्टी कार्यालयमा साम्राज्यवादका प्रतिनिधिहरुको उपस्थितिलाई सहज बनाउन माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओका फोटाहरुलाई उनीहरुले नदेख्ने ठाउँमा थन्काएको थियो । र अहिले प्रचण्डसित मिलेर झन यसलाई घनीभूत बनाउदै छन् । अहिले यो सरकारका मित्र भनेका नेपालभित्र र देश बाहिरका भूमाफीयाहरु, विचौलियाहरु, दलालहरु, भ्रष्ट ठेकेदारहरु, वैदेशिक दलालहरु, भारतीय एकाधिकार पु“जीवादीहरुका लागि काम गर्ने दलालहरु र मानवअधिकार विरोधीहरु नै हुन । र यी नेपाल र नेपाली जनताका सत्रु हुन । सत्रुको मित्र, मित्र हुन सक्दैन । त्यसै ओली सरकार पनि नेपाली जनताको लागि सत्रु नै भएको छ ।

साथै भर्खरै यो सरकारको एउटा अर्को दलाली राष्ट्रघाती कदमको भिडियो सार्वजनिक भएको छ–विरगञ्ज जिल्ला प्रशासन कार्यालयमा भारतीयहरुको विशाल घुइँचो नेपाली नागरिकता लिनका लागि र यसमा ओली सरकारका गृहमन्त्रीको सहयोग र समर्थन । यसले के स्पष्ट पादैछ भने ओली सरकार न त राष्ट्रवादी हो न त नेपाली जनताको मित्र हो । उसलाई थाहा छ गत निर्वाचनमा उसका यिनै मित्रहरु– नेपालभित्र र देश बाहिरका भूमाफीयाहरु, विचौलियाहरु, दलालहरु, भ्रष्ट ठेकेदारहरु, वैदेशिक दलालहरु, भारतीय एकाधिकार पु“जीवादीहरुका लागि कामगर्ने दलालहरु र मानवअधिकार विरोधीहरुले ओलीलाई अत्याधिक मत दिन पैसाको खोलो बगाएका थिए र अहिले ओलीले त्यसको व्याज तिदैछन् । विरगञ्ज जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता लिनका लागि भारतीयहरुको विशाल घुइँचोले त नेपाल अब ओलीकै समयमा फिजी बन्ने पक्का छ भन्ने अवस्था आउँदै छ र शंका गर्ने ठाँउ छ कि ओली भारतीयहरुका तर्फबाट त्यसका पहिलो निर्वाचित प्रधानमन्त्री त बन्ने होइनन् ? विरगञ्ज जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता लिनका लागि भारतीयहरुको विशाल घुइँचोले यो शंकालाई पुष्टी गर्दछ । ओली सरकारले अहिले भूमाफीयाहरु र भारतीयहरुबाट निर्वाचनका लागि प्राप्त सहयोगको ब्याज तिर्दै छ भन्दा अतिसयोक्ति हुने छैन । [email protected] जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here