काठमाडौं- मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।
बिहीबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको हो ।
१ सय ६३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले पनि १ सय ६२ रन बनाएर बराबरी गरेपछि खेल सुपर ओभरमा भएको थियो।
टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। मुम्बईका क्विन्टन डि ककले नटआउट ६९ रनको योगदान गरे।
कप्तान रोहित शर्माले २४ र सूर्यकुमार यादवले २३ रन बनाए। जवाफी ब्याटिङमा आएको हैदरावादका लागि मनिष पाण्डेले नटआउट ७१ रनको योगदान गरे। जितसँगै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको मुम्बई प्लेअफमा प्रवेश गर्ने तेस्रो टिम बनेको छ।


















