काँडेतार लगाउँदै विप्लव, फाल्दै प्रहरी

241

काठमाडौं / विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चितवन जिल्लाको माडी नगरपालिकासँग जोडिएको भारतीय सीमाक्षेत्रमा काँडेतार लगाएका छन् ।

अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा चितवनको माडी नगरपालिकास्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा काँडेतार लगाएको अखिल क्रान्तिकारिका अध्यक्ष चिरञ्जीवी ढकालले जनाएका छन् ।

भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको भन्दै अखिल क्रान्तिकारीले देशको ‘सीमा बचाऔँ अभियान !’ अन्तर्गत उक्त स्थानमा काँडे तारबार लगाएको जनाएको छ । उक्त काँडेबार करिब ३० मिटर लम्बाइ रहेको क्रान्तिकारीले जनाएको छ ।

चितवनमा मात्रै नभई भारतले मिचेका हरेक क्षेत्रमा काँडेबार लगाउने अध्यक्ष ढकालले जानकारी दिएका छन् । यसैबीच चितवनमा लगाइएको काँडेबार नेपालतर्फबाट प्रहरीले हटाएको अपुष्ट समाचार प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here