सरकारको ऐतिहासिक बस्ती नष्टविरुद्ध उत्रि ललितपुरका जनता

201

काठमाडौं / ललितपुर महानगरपालिकाका भित्रका प्राचीन तथा ऐतिहासिक बस्तीहरू खोकना र बुङ्गमती क्षेत्र नष्ट गर्ने सरकारी प्रयासको विरोधमा आज शुक्रबार दसौं हजार जनताले ललितपुरमा प्रदर्शन उत्रिएका छन् । दु्रतमार्ग, हाइटेन्सन लाइन, रिङ्गरोड, बागमती कोरिडर, बसपार्क, पेट्रोलियम भण्डारण डिपो, डिजिटल सिटीको नाममा ललितपुर महानगरपालिकाका प्राचीन तथा उक्त ऐतिहासिक बस्तीहरू नष्ट गर्ने सरकारी प्रयासको विरोधमा आज शुक्रबार दसौं हजार जनताले ललितपुरमा प्रदर्शन गरेका छन् । प्रभावित क्षेत्र बुङ्गमतीबाट सुरु भएको विशाल जुलुस खोकना हुँदै मंगलबजार पुगेर जनसभा भएको थियो । जनसभामा बुङ्गमती जनसरोकार समाज र खोकना जनसरोकार समाजका प्रतिनिधिहरूले जनप्रदर्शन गर्नुको कारणबारे चर्चा गरेका थिए ।

उनीहरूले राज्यले राष्ट्रिय गौरवको योजनाको नाममा स्थानीय जनतालाई बस्तीबाट विस्थापन गर्न खोजेको धारणा राखेका थिए । उनीहरूले राज्यबाट भएका यस्ता कामबाट ऐतिहासिक सभ्यता र संस्कृति मासिने विचार राखे ।
उपत्यकाका विभिन्न स्थानबाट विभिन्न जाति समुदायका जनताको सहभागिता रहेको जुलुसमा ‘स्मार्टसिटीको नाममा जनताको जग्गा लुट्न पाइदैन’, हाइटेनसन लाइन तानेर जनता मार्न पाइदैन’, ‘पीडित जनता एक होऔं’ जस्ता नारा लगाएका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here