हैदरावादलाई सुपरओभरमा हराउँदै मुम्बई आईपीएलको प्लेअफमा

110

काठमाडौं-  मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको हो ।

१ सय ६३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले पनि १ सय ६२ रन बनाएर बराबरी गरेपछि खेल सुपर ओभरमा भएको थियो।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। मुम्बईका क्विन्टन डि ककले नटआउट ६९ रनको योगदान गरे।

कप्तान रोहित शर्माले २४ र सूर्यकुमार यादवले २३ रन बनाए। जवाफी ब्याटिङमा आएको हैदरावादका लागि मनिष पाण्डेले नटआउट ७१ रनको योगदान गरे। जितसँगै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको मुम्बई प्लेअफमा प्रवेश गर्ने तेस्रो टिम बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here