मोटरसाइकल र्दुघटनामा परि १ जनाको मृत्यु, २ घाइते

86
महोत्तरी/महोत्तरीको गौशाला सम्सी सडक खण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा बर्दिवास नगरपालिका ३ का २४ बर्षका बिबेक जंगबहादुर सिंहको मृत्यु भएको तथा मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । दुर्घटनामा  बर्दिवासबाट गौशाला तर्फ जाँदै गरेको ना ३६ प ५११० नम्बरको मोटरसाइकल र गौशाला नगरपालिका ४ बाट आउदै गरेको ज १२ प ४४९७ नम्बरको मोटरसाइकल ठोक्किएको हो । बर्दिवास नगरपालिका ३ बस्ने ताराबहादुर खड्का र सोनमा गाउँपलिका बस्ने लालेन्द्र साह घाइते भएका छन् । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । तीब्र गतिको कारण  दुर्ग्घटना भएको हुन सक्ने र अनुसन्धान  भइरहेको  इलाका प्रहरी   कार्यलय गौशालाले जनाएको   छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here