आमाको मासु खाएर कुकुरलाई पनि खुवाए

155

एजेन्सी/आफ्नै आमालाई मारेर मासु खाएको आरोपमा एक व्यक्तिले आमाको शवलाई हजार टुक्रा पारेर पकाए र आफ्नो घर पालुवा कुकुरसँग बाँडेर खाए । २६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगेपछि आमाको हत्या गरेको स्विकार गरेको छ । चकित पुलिसले ६६ वर्षे मारियाको शव ६ वटा ठूलो प्लाष्टिकको झोलामा मड्रिडस्थित उनको फ्ल्याटमा फेला पारे थियो ।

सान्चेजले आमाको हत्या गरेर शवलाई टुक्राटुक्रा पारेर पकाएको मिरर डट को डट युकेले बताएको छ । उनले आमाको आन्द्राभुँडी फोहोर फ्याँक्ने भाँडोमा फालिदिएको स्रोतले बताएको छ । स्प्यानिस पत्रिका इएल मुन्दोका अनुसार आमाको शरिरलाई हजार टुक्रा बढी पारिएको थियो । उनका महत्वपूर्ण अंग हराइरहेका थिए भने आन्द्राभुँडी फ्ल्याटमा भएको डस्टबिनमा भेटिएको थियो ।

सान्चेज, बेरोजगार पूर्व वेटर, ले आमाको हत्या कसरी गरे भन्नेबारे पुलिसले जानकारी दिएको छैन । सान्चेजका साथीहरुका अनुसार उनी लागुऔषध दुर्व्यवसनमा लागेपछि परिवारका लागि बोझ बनेका थिए । साथीहरुका अनुसार उनी घरको अगाडि पट्टी रहेको पार्कको बेन्चमा बसेर रक्सी पिइरहन्थे । उनले आमाको हत्या कहिले गरे भन्नेबारे जानकारी नभएपनि पुलिसले घटना एक हप्ताअघि भएको हुनसक्ने आशंका गरे । यद्यपी, छिमेकीले एक हप्ताअघि मारियालाई घाम तापिरहेको देखेको दाबी गरेका छन् । पुलिस स्रोतका अनुसार १५ वर्ष हुँदा बुवा गुमाएका सान्चेजले आमाको शवको टुक्रा पकाएर आफूले पनि खाए र कुकुरलाई पनि खुवाए । आमालाई बारम्बार घरेलु हिंसा गरेका कारण पक्राउ परेका उनलाई पुलिस अधिकारीहरुले राम्रोसँग चिन्थे । छिमेकीका अनुसार मारियाको शरिरमा थुप्रै चोटपटक देखिरहन्थे जसलाई उनीहरुले कुकुरले बनाइदिएको अनुमान गर्दथे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here