ए’बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब नकआउट चरणमा

147

काठमाडाैं । एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा पुरुषतर्फ समूह ‘ए’बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब समान ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका छन्।

यस्तै समूह ‘बी’ बाट नेपाल पुलिस क्लब र गण्डकीले अन्तिम आठको यात्रा तय गरेका छन्। मंगलबारको खेलमा गण्डकी प्रदेश अंक बाड्न बाध्य भएको छ। मंगलबार भएको प्रतिस्पर्धामा गण्डकीले मणिमुकुन्द क्लबसँग अंक बाडेको हो।

निकै नै प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीहरु सम्मिलित गण्डकीले पहिलो सेट २६–२४ र दोश्रो सेट ३६–३४ को कठिन जित निकालेको थियो। तर चौथो सेट मणिमुकुन्दलाई १८–२५ ले र चौथो सेट २५–२७ ले सुम्पन पुग्यो। अन्तिम तथा निर्णायक सेटमा गण्डकीले १५–१३ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो। जित निकालेता पनि गण्डकीले अंक बाड्दै आफ्नो खातामा २ अंक जोड्न बाध्य भयो। यस खेलबाट मणिमुकुन्दले १ अंक जोड्यो। यसका साथै समूह बीमा रहेको गण्डकीको ५ अंक भएको छ। यस समूहमा पुलिसको ६ अंक छ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश नं. २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो। यसका साथै हेल्प नेपालको ६ अंक भएको छ। अघिल्लो दिन बागमतीलाई पराजित गर्दै ३ अंक जोडेको हेल्प नेपालले मंगलबारको खेलमा प्रदेश नं. २ लाई २५–२१, २५–१७, २५–१६ ले पराजित गरेको हो।

मंगलवार सम्पन्न महिला तर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागिय टोली एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को जित निकाल्यो। एपिएफले पहिलो सेट २५–११, दोश्रो सेट २५–७ र तेश्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको हो। यस्तै न्यू डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अंक जोड्न सफल भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here