एक केजी २५० ग्राम सुनसहित एक युवक पक्राउ

99

रौतहट- रौतहटबाट १ केजी २५० ग्राम सुनसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

गौर नगरपालिका-६ स्थित बसपार्कबाट गौर नगरपालिका-५ बस्ने २१ वर्षीय अनुकेश कुमार साहलाई १ किलो २५० ग्राम सुनसहित प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु।४१ प ५८०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक अनुकेशलाई उक्त सुनसहित फेला पारी पक्राउ थियो। उनलाई हिरासतमा राखेर यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here