कलंकी चोकमा पनि ‘पिक एण्ड ड्रप’ लागू

226

काठमाडौं /  कलंकी चोकमा हुने सवारी चाप हटाउन आइतबारदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो। ‘पिक एण्ड ड्रप’ को व्यवस्था लागु गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नु पर्ने भएको छ।

महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here