कतारमा पानी बेच्ने भन्दै गर्दा त्यो भन्दा पहिले कतारका बजारमा नेपालको तरकारी पुगेपछि….

390

-महेन्द्रप्रसाद पोखरेल

 काठमाडौं /  वर्तमान सरकारले कतारमा पानी बेच्ने भन्दै गर्दा त्यो भन्दा पहिले कतारका बजारमा नेपालको साग सब्जी तथा अन्य तरकारी बेच्न थालिएको छ । यस कार्यमा संलग्न रहेका छन कल्याण घिमिरे।

कल्याण घिमिरे नेपालमा कलाकारले चिनिए फेरी उनि कतार लगायतका देशमा नेपाली चलचित्रको विकास तथा प्रर्दशनमा लागिपरे । निर्माता तथा कलाकार कल्याण घिमिरे यतिबेला भने अर्को नयाँ कामले चिनिन थालेका छन् । नेपालदेखि कतार सम्म नेपाली गुन्दु्रक तथा तरकारीहरु कतारका विभिन्न सुपर तथा हाईपर मार्केटहरुमा उपलब्ध गराउन थालेका उनले  गरे के हुन्न र भन्ने उक्तीलाई चरितार्थ गरिदिएका छन।

नेपालबाट साग सब्जीलाई कतार सम्म पुर्याएर त्यहाँको बजारमा बेच्ने प्रबन्ध मिलाएका घिमिरेले अलसमान ग्लोवल टिमका साथ कार्य गरिरहेका छन् ।

यस कार्यका लागी उनलाई कतारकालागी नेपाली राजदूत प्रो रमेश कोईरालाले समेत सहयोग गरेका छन भने नेपालका लागी कतारी राजदुत युसुफ बिन मोहम्मद अल हेल ले समेत उक्त कार्यकोलागी सहयोगी भुमिका निभाएको देखिन्छ ।

कतारमा नेपाली साग सब्जी निर्यात गर्ने कार्यमा नेपाल सरकारको सहयोग हुने हो भने अब किसानका खेतदेखी कतार सम्म तरकारी पु¥याउन कठिन नहुने र बिचौलियाहरुवाट समेत किसानहरुले छुटकरा पाउने देखिन्छ ।

सरकारले चालेका विभिन्न कदमहरुलाई हेर्ने हो भने यस कार्यका लागी सरकारी स्तरवाट पहल हुने हो भने र कार्गो लगायतका विषयमा राज्यद्वारा छुट तथा अन्य सेवा सुविधा दिन सक्ने हो भने पक्कै पनि नेपाली तरकारीहरुले कतारमा राम्रो व्यापार गर्ने निश्चित  देखिन्छ।बर्तमान सरकारले नेपालको पानी र नेपालकै मुस्ताङ्गको स्याउ कतार पु¥याउने कुरा पनि गरिरहेको सन्दर्भमा के जहाजवाट नेपालदेखी कतार सम्म सामान पु¥याउन सक्ला ? अहिलेको आयातमा मात्रै चिनिदै आएको हाम्रो देशका साग सब्जीले सानै रुपमा भने पनि कतारमा प्रवेश पाएकोमा भने सकारात्मक हुनै पर्छ।

कतारका लागी नेपाली राजदूत रमेश कोईरालालाई सरकारले फिर्ता बोलाएको परिवेशमा यि कुराहरुमा प्रभाव पार्लान या नपार्लान त्यो भने भविष्यमा नै थाह होला।

जे होस कल्याण घिमिरेको यो पहल लाई हाम्रो पनि शुभ कामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here