नेपाली सेनाले सुरु गर्यो हावाहुरी प्रभावित क्षेत्रमा पूनर्निर्माण

216

काठमाडौ, नेपाली सेनाले हावाहुरी प्रभावित क्षेत्रमा जनता आवास पुननिर्माण सुरु गरेको छ । सेनाले शनिबारदेखि विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण कार्यक्रम सुरु गरेको छ । सेनाले बैशाख १४ गतेबाट आवश्यक बन्दोबस्ति तयारी गरेको थियो । कार्यक्रमको उपप्रधान एवं रक्षामन्त्री श्री ईश्वर पोखरेल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, अन्य मन्त्रीहरु तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबाट शिलान्यास भएको छ ।

हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ घर र बारामा १३६२ घर गरी जम्मा १४५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियर लगायत २३३२ जना जनशक्ति परिचालित भईरहेका छन् । तीन चरणमा सम्पन्न गरिने उक्त ुजनता आवास कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४८२ घरहरु जेठ २६ गते भित्र, दोस्रो चरणमा ४८२ घरहरु असार २८ गते भित्र र तेस्रो चरणमा ४८९ घरहरु साउन ३० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त निर्माणाधिन घरहरुको अनुगमन, नियन्त्रण, समन्वय र सहयोग गर्नको लागि स्थानिय स्तरमा पूनर्स्थापना तथा घर पूनर्निर्माण सहजीकरण समन्वय समिति समेत गठन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here