पार्टी एकताप्रति प्रचण्डबाट पश्चाताप व्यक्त

469

काठमाडौं / सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता पछि धेरै काम गर्न सक्ने आपूmले सपना देखेको भए पनि एकता भइसके पछि निरास भइरहेको अभिव्यक्ति दिएका छन् । उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई अझै उत्कर्षमा लैजान र मुलुकलाई समाजवादी आन्दोलनमा पुर्‍याउन चाहेको जनाएका छन् । कार्ल मार्क्सको २०१ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा उनले भने — ‘म अझै जंगल जान तयार छु । कम्युनिस्ट आन्दोलन क्लाइमेक्समा पुर्‍याएर मात्रै मर्ने इच्छा छ ।’

नेपाली कांग्रेससँग सत्ता गठबन्धन गरेर सत्तामा रहेका पुष्पकमल दाहालले शुरूमा चुनावी गठबन्धन मात्रै गरौँ भनेर कुराकानी गरेका थियौँ, आपूmले अझै अगाडि बढेर पार्टी एकताको प्रस्ताव गरेको पनि खुलासा गरे । बीचमा तीन महिनामा सक्ने भनिएको पार्टी एकता वर्ष दिनमा पनि नटुंगिँदा बेकारमा गरिएछ भन्ने जस्तो पनि लाग्यो होला, कार्यकर्तालाई, तर मलाई व्यक्तिगत रूपमा भने एकदम ठीक लागेको थियो ।

मशालको महामन्त्री हुँदादेखि नै आफू पार्टी गठन र विघटनमा सक्रिय रहेको र कतिपयले मेरो कामलाई अस्थिरताको संज्ञा दिएको पनि खुलाए । म जतिबेला पनि वृहत र एकीकृत कम्युनिस्ट आन्दोलनको परिकल्पना गर्थें । प्रत्यत्न पनि त्यही किसिमको हुन्थ्यो । म कुवामा जमिरहन चाहने मान्छे होइन, भत्काएर खोलाझैँ गडगडाउन चाहन्छु — प्रचण्डले भने ।

पार्टी र कम्युनिस्ट आन्दोलनमा आत्मकेन्द्रित, व्यक्तिवाद हावी भएको भन्दै उनले पार्टीमा एकले अर्कालाई छिर्के हान्ने र लडाउने कार्य भइरहेकोमा दुखेसो पनि व्यक्त गरे ।

समाजमा धेरै सज्जन थोरै फटाहा हुन्थे । कम्युनिस्ट पार्टीमा त झन् धेरै सज्जन हुनुपर्ने भन्दै उनले आश्चर्य व्यक्त गरे । आफू भूमिगत कालमा जंगलमा एक्लै हुँदा पनि लाखौँ जनता—कार्यकर्ताका बीचमा रहेको अनुभूत भएको तर, शान्तिपूर्ण राजनीतिमा अवतरित भएपछि र अझ नेकपामा एकीकृत भएपछि एक्लो महसुस भएको टिप्पणी पनि गरे ।

यत्रो कार्यकर्ताको पंक्ति हुँदा जे पनि गर्न सक्छु भनेर आँट आउनुपर्ने । दलाल नोकरशाही एकैदिन लखेट्न सक्नुपर्ने तर सक्दैनौँ जस्तो लाग्छ भन्दै उनले काठमाडौं आएपछि जंगलमा आएजस्तो पो महसुस भएको खुलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here