काठमाडौं / डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणको घोषणा गर्न लागेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले तत्कालै सरकार नछाड्ने भएको छ।
यादवले तत्काल सरकारभित्रै रहेर संघर्ष गर्न रणनीति लिएको छ।
फोरम र नयाँ शक्तिका नेताहरुबीच भएको सहमतिअनुसार संसदको चालु अधिवेशनसम्म उपेन्द्र यादव सरकारमै रहनेछन्।
‘हाम्रो एकीकृत पार्टी समाजवादी पार्टी अहिले सरकारमै रहने सहमति भएको छ। संसदको चालु अधिवेशनसम्म सरकारभित्रै रहेर संघर्ष गर्नेछ,’ फोरमका एक नेताले भने, ‘सरकारमा सहभागी हुँदा हामीसँग भएको दुई बुँदे सहमति पालना गर्न सरकारलाई दबाव दिनेछौं। त्यसपछि अन्य विकल्पबारे छलफल हुनेछ।’


















