काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी भएको खुलेको छ । विमानस्थलमा लोडरका रूपमा कार्यरत रञ्जितकुमार यादवले सुन तस्करी गर्दै आएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।
उनले विदेशबाट ल्याउने सुन धावनमार्गबाटै संकलन गरेर पास गराइदिने गरेको प्रहरीले जनाएको छ ।
१०-१० तोलाका केही सुनका बिस्कुट पास गराइदिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

















