काठमाडौंमा एमकेडब्लु वेल्ट एन्ड रोड च्याम्पियनसिप रेस्लिङ हुने

77

नेपाल रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते शनिवारका दिन ‘एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप’को आयोजना गर्न लागेको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ ।

नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने भएको छ । त्यसैगरी अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्ने भएको छ । रेफ्रिमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् । उक्त प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा ‘वेल्ट एण्ड रोड च्याम्पियन’ र ‘वल्र्ड च्याम्पियन’को वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here