स्पेनिस ला लिगामा रियल मड्रिडको संघर्षपूर्ण जित

188

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा कठिन जित निकालेको छ ।  आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियलले भिल्ला रियललाई ३—२ गोल अन्तरले पराजित गरेको छ । रियलका लागि मारिनोले दुई गोल गर्दा जिसस भाल्लेजोको नाममा एक गोल गरे । भिल्ला रियलका मोरिनो र जामे कोस्टाले गोल फर्काएका थिए । खेलको दोस्रो मिनेटमा नै मारिनोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर भिल्ला रियलका मोरिनोले ११ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

४० औं मिनेटमा भाल्लेजोले गोल गर्दै रियललाई २—१ गोलको अग्रता दिलाएका थिए । मारिनोले ४९ औ मिनेटमा अर्को गोल गरेपछि रियल ३—१ गोलले अघि रहेको थियो । खेलको अतरिक्त समयमा कोस्टाले गोल गरेपछि भिल्लारियल ३—२ गोलको स्थितिमा पुगेको थियो । तर रियललाई रोक्न भने सकेन । तेस्रो स्थानमा रहेको रियलले जितसँगै ३६ खेलबाट ६८ अंक बटुलेको छ । खेलमा पराजित भिल्ला रियलको ४० अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here