काठमाडौंमै भ्वाइस सेवाको गुणस्तर कमजोर

162

काठमाडौं – सबैभन्दा बढी पूर्वाधार भएको काठमाडौं उपत्यकामा पनि टेलिकम कम्पनीहरूको कमजोर रहेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययन अनुसार प्रमुख दूरसञ्चार प्रदायकहरूको भ्वाइस सेवाको गुणस्तर कमजोर पाइएको हो।

प्राधिकरणले चैतमा ललितपुरका विभिन्न स्थानमा गरेको परीक्षणका क्रममा नेपाल टेलिकम,एनसेल र स्मार्ट टेलिकमको भ्वाइस सेवा  प्राधिकरणले तय गरेको मापदण्ड भन्दा कमजोर रहेको पाइएको हो। परीक्षण प्रतिवेदन प्राधिकरणले सोमबार सार्वजनिक गरेको छ ।

यसअघि प्रधिकरणले काठमाडौं र भक्तपुरमा गरेको परीक्षणको निष्कर्ष पनि यस्तै थियो। प्राधिकरणले गत माघ महिनामा भक्तपुरका विभिन्न क्षेत्र र असोजमा चक्रपथभित्र काठमाडौंका विभिन्न स्थानमा रहेको परीक्षणको क्रममा पनि भ्वाइस सेवाको गुणस्तर कमजोर पाइएको हो। कान्तिपुर दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here