काठमाडौं / बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारबाट अलपत्र अबस्थामा रहेका १९ जना बालबालिकालाई सोमबार दिउँसो प्रहरीले उद्धार गरेको छ ।
कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक/डेढ लाखको दरले रकम उठाई सोही ठाउँस्थित घर भाडामा लिई बालबालिकाहरूलाई अलपत्र अबस्थामा छाडेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले १५ बालक र ४ बालिका समेत गरी १९ जनालाई उद्धार गरेको हो ।
उद्धार गरिएका बालबालिकाहरुमध्ये ९ जना हिमाली नविन समाज महाराजगंज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेको उक्त वृत्तले जनाएको छ ।


















