काठमाडौं/सरकारले काभ्रेको पाँचखालदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्मको सडक स्तरोन्नती गर्नका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । मन्त्रिपरिषद बैठकले यो सडक विस्तारका लागि काट्नुपर्ने रुखहरु हटाउन अनुमति दिएको हो । एशियाली विकास बैंक एडीबीको सहयोगमा यो २३ किलोमिटरको मार्ग स्तरोन्नति गरिँदैछ । भूकम्पपपछि एडीबीले प्रभावित जिल्लामा पुनर्निर्माणका सहयोग पुग्ने गरी सडकमार्ग स्तरोन्नतिको योजना ल्याएको थियो । सडक विभाग अन्तरगत यो काम हुँदैछ । २०७८ सम्म यो सडक विस्तारको काम सक्ने लक्ष्य छ । यो खण्ड दुई लेनमा विस्तार हुनेछ । यो सडकमा एकपटक कालोपत्रे भएपनि फेरि काम नलाग्ने धरी धुले सडकमा परिणत भइसकेको छ । मेलम्ची खानेपानी आयोजनाका विभिन्न अडिट टनेलको पहुँचमार्गका रुपमा समेत रहेको यो मार्ग आयोजना निर्माणको लागि विभिन्न समाग्री लैजान उपयोग गरिएको थियो ।
यो सडक स्तरोन्नतीपछि सिन्धुपाल्चोक(काठमाडौं आउ जाउ गर्ने यात्रुलाई सहज हुने अपेक्षा छ । स्थानीय उत्पादन बजारसम्म ल्याउन पनि कृषकलाई सजिलो पर्ने सडक विभाग बताउँछ । यो सडक अब ७ ममिटर फराकिलो बनाइने भएको छ ।


















