महेन्द्रनारायण निधि पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीलाई

239

काठमाडौं/महेन्द्रनारायण निधि प्रतिष्ठानले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा प्रेमसागरीदेवी निधि पुरस्कार’ २०७४ र २०७५ बाट सम्मानित हुने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । ललितपुर निवासी शताब्दी पुरुष सत्यमोहन जोशी १९९० र सिरहा निवासी गौरीशंकरलाल दास ९९५० लाई २०७४ को राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । यसका अलावा प्रेमसागरीदेवी निधि पुरस्कार भोजपुर निवासी लक्ष्मी राईलाई प्रदान गर्ने भएको छ ।

साथैं २०७५ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार भने काठमाडौं निवासी तीर्थराम डंगोल ९७०० र सप्तरी निवासी रामनारायण देव ९७०० लाई प्रदान गरिने भएको छ । प्रेमसागरीदेवी निधि पुरस्कारबाट पर्साकी शान्ति कार्की ९८८० र जाजरकोटकी मैना कार्की ९५०० लाई प्रदान गरिने छ । पुरस्कार महेन्द्रनारायण निधिको ९७ औं जन्मजयन्तीका अवसरमा यही फागुन १३ गते शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने प्रतिष्ठानले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here